यस्तो छ हिरो एक्स्ट्रीम १६० आर सार्वजनिक गर्ने तयारी, कति पर्ला मूल्य

काठमाडौं । हिरो मोटो कर्पले आफ्नो आधिकारीक वेभसाइटमा एक्स्ट्रीम १६० आरलाई लिस्टेड गरेको छ । कम्पनीले जयपुरको आरएन्डडी सेन्टरमा हिरो वर्ल्ड कार्यक्रममा देखाएको यो मोटरसाइकल सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएर लिस्टेड गरेको हो । योसँगै भारतमा अब केही दिन भित्रै यसको बिक्री सुरु हुनेछ ।

हिरोले बिक्री गर्न सुरु गरेको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल हो । यो मोटरसाइकल ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ ।

भारतीय बजारमा केही दिनपछि बिक्री सुरु हुने एक्स्ट्रीम १६० आर नेपालमा भने आगामी नाडा अटो शो २०२० सम्ममा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसको मूल्य ३ लाख हाराहारीमा राखेर बजारमा ल्याउने हामीले अनुमान गरेका छौं ।


Back_to_top