फोर्डले कोरोना भाइरसको कारण देखाउँदै आफ्नो नर्थ अमेरिकी प्लान्ट अस्थाई रुपमा बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी सबैभन्दा ठूलो कार निर्माता कम्पनीले कोरोना नियन्त्रणमा सहयोग गर्न भन्दै आफ्नो प्लान्ट बन्द गरेको हो ।
अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स र फियात क्राइसलरले पनि आफ्नो नर्थ अमेरिकी प्लान्ट बन्द गर्ने घोषणा गरेका छन् । मेचिगन र ओयो जस्ता राज्यमा स्कुल बन्द भएको अवस्था र सहकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अन्य कर्मचारीले काम गर्न नमान्दा यी कम्पनीले पुरै प्लान्ट बन्द गरेका हुन् ।
फोर्डले प्लान्ट बन्द गरेपछि भनेको छ ‘कम्पनीले आज उठाएको कदम अत्यन्त जरुरी कदम हो । कम्पनी वन्द भएपछि यहाँ काम गर्ने मानिस आफ्नो परिवारसँग बस्ने छन् र सबैको सुरक्षामा ध्यान दिने छन् ।’
साथै, कम्पनीले आफ्नो यो निर्णयले आफ्ना कामदार स्वास्थ्य राख्न निकै सहयोगि हुने विश्वास व्यक्त गरेको छ ।


