मारुती सुजुकी ‘डिजायर २०२०’ को बिक्री सुरु, मूल्यमा कति फरक

काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित कम्प्याक्ट सेडान कार डिजायरको करिब तीन वर्षपछि फेसलिफ्ट गरेको छ । कम्पनीको सर्वधिक बिक्री हुने सेडान कार डिजायर यसअघि पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको थियो । तर, कम्पनीले अब भने डिजेल भेरियन्ट बन्द गरेको हो ।

कम्पनीले भारतमा बिक्री सुरु गरेको डिजायर पुरानोको तुलनामा नयाँ २०२० मोडलमा अगाडिको ग्रफिक्समा केही परिमार्जन गरेको देखिएको छ । नयाँ डिजायरमा सिंगल हेग्जागोनल ग्रिल दिएको छ । नयाँ मोडलमा दिइएको अगाडिको बम्परले गाडीलाई निकै आक्रमक देखाएको छ । साथै, नयाँ डिजायरमा दिइएको फग ल्याम्पको क्रोम फिनिसले कार निकै उत्कृष्ट देखिन्छ ।

नयाँ डिजायरमा दिइएको अगाडिको प्रोफाइल र पछाडिको फेसिकाले पहिलेभन्दा डिजायरलाई केही फरक देखाएको छ । यसमा दिइएको १५ इन्च ट्वीन स्पोक टु कलर अलोय ह्वील भने पुरानै मोडलबाट लिइएको छ ।

नयाँ डिजायरको इन्टेरियरमा पनि केही कस्मेटिक परिमार्जन गरिएको छ । यसको ड्यासबोर्डमा काठको जस्तो कलर दिएको छ । साथै नयाँ मोडलमा क्रुज कन्ट्रोलको विशेषता थप गरिएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ४.२ इन्चको कलर टिएफटी इन्र्फमेशन डिस्प्ले दिइएको छ ।

यसको साथै चालकलाई सहज र सुरक्षाको लागि उत्कृष्ट रहेको इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल र हिल होल्ड कन्ट्रोलको विशेषता दिइएको छ ।

पुरानो डिजायरमा रहेको डि१३ए १.३ लिटर डीडीआईएस डिजेल इन्जिन हटाएर नयाँ बीएस ६ मापदण्ड अनुसारको १.२ लिटर क्षमताको के१२एम नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ ।

५ स्पीड म्यानुयल गियरबक्स दिइएको यो गाडीले २१ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

कम्पनीले बीएस ६ मा परिमार्जन समेत गरेको डिजायरमा ५ हजारदेखि २१ हजार भारुसम्म वृद्धि गरेको छ ।


Back_to_top