क्रसफायरले खोल्यो नयाँ मोडलको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ डर्ट बाइक आउने क्रम जारी रहेको छ । यस्तोमा डर्ट मोटरसाइकलमा निकै राम्रो उपस्थिति रहेको क्रसफायरले नयाँ मोटरसाइकल एचजे २५०को बुकिङ खुल्ला गरेको छ ।

सोलफुल मोटर प्रालिले नेपाली बजारमा बुकिङ खुल्ला गरेको क्रसफायर एचजे २५० मा २४९.६ सीसी लिक्विडकुल्ड इन्जिन रहेको छ । जसले अधिकतम ३० बीएच पावर र २३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स जडान भएको छ ।

यो डर्ट बाइकमा सबै किसिमका लाइटहरु एलइडी प्रयोग भएको छ भने क्यूबीक हेडलाईट र डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ ।
कम्पनीले यसमा अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि फुल्ली डिजिटल्ली एड्जस्टेवल कम्प्रेसन दिएको छ । जसले कठिन बाटोमा पनि आरामदायी यात्रा प्रदान गर्ने छ ।

डर्ट बाइक भएकाले यसको अगाडिको टायर २१ इन्च र पछाडिको टायार १८ इन्चको रहेको छ । ३३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले यसको मूल्य ६ लाख १० हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ । आगामी हप्तासम्ममा उक्त बाइक शोरुममा आइपुग्ने जनाइएको छ ।


Back_to_top