५ लाख सस्तियो नामी भिगो, अब ३६ लाखमै पाइने

काठमाडौं । नेपालमा सस्तो मूल्यकाे नामी भिगो सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ नामी भिगो ई २ बिक्री सुरू गरेको हो ।

कम्पनीले नामी भिगोको मूल्य ३५ लाख ९९ रुपैयाँ तोकेको छ । यद्यपि, यो मूल्य नाडा अटो शो अवधिभर सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । त्यसपछि नामी भिगोको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

नामी भिगो यसअघि बिक्री हुँदै आएको बेस भेरियन्टभन्दा ५ लाख सस्तो भएको हो । यसअघि भिगो ई २ भेरियन्ट ४० लाख ९९ हजार र ई २ प्लस भेरियन्टको ४३ लाख ९९ हजार थियो ।

नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याएको हो । कम्पनीले भिगोमा मुनरुफ हटाएर ल्याएसँगै मूल्य पनि सस्तिएको हो ।यी बाहेक अरू सबै फिचर उही नै छन् ।

नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । यसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

भिगो एसयूभीमा न्याभ, रेस्ट र स्नो मोड मध्ये छानेर एसी चलाउन मिल्छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ । नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । यसमा बाहिर पनि स्पीकर छ ।

एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।

कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

यसमा ६ एयरब्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षित बनाएको छ ।


Back_to_top