बजाजको नयाँ पुस्ताका दुई मोटरसाइकल बिक्री सुरू, क्रल टेक उपलब्ध

काठमाडौं । बजाज अटोले भारतमा नयाँ पुस्ताका दुई नयाँ मोटरसाइकल सर्वाजनिक गरेका छ । कम्पनीले नयाँ पल्सर १२५ र पल्सर १५० बिक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ पल्सर १२५ बेस भेरियन्टको मूल्य ९२ हजार ९९० भारु र पल्सर १५० को सुरुआती मूल्य १ लाख १५ हजार २३३ भारु (एक्स शोरुम) तोकेको छ ।

बजाज पल्सर १२५ र पल्सर १५० को नयाँ पुस्ताका दुवै मोटरसाइकलमा नयाँ इन्जिन, मोनोशक रियर सस्पेन्सन, एलईडी लाइटिङ, कनेक्टेड इन्स्ट्रुमेन्ट कन्सोल तथा नयाँ क्रल टेक प्रविधि समावेश गरिएको छ । भेरियन्ट अनुसार फिचर भने फरक फरक पाउन सकिन्छ ।

दुवै मोटरसाइकलमा पूर्ण रूपमा नयाँ इन्जिन प्रयोग गरिएको छ । कम्पनीका अनुसार नयाँ इन्जिनले रिफाइनमेन्ट, प्रदर्शन र इन्धन दक्षतामा सुधार गर्नुका साथै पल्सरको स्पोर्टी चरित्रलाई कायम राख्छ ।

पल्सर १२५ ले १२ पीएस पावर र ११.४ एनएम टर्क उत्पादन गर्छ भने पल्सर १५० ले १४ पीएस पावर र १४.१ एनएम टर्क उत्पादन गर्छ । पल्सर १२५ मा अधिकतम टर्क ६००० आरपीएम र पल्सर १५० मा ६५०० सम्म पुग्छ ।

दुवै इन्जिनले ३००० आरपीएमदेखि नै अधिकतम टर्कको करिब ८५ प्रतिशत पावर उपलब्ध गराउँछन् । नयाँ पल्सर १२५ र १५० को प्रमुख आकर्षण बजाजको नयाँ क्रल टेक हो । कम्पनीले यसलाई १२५ सीसी र १५० सीसी सेग्मेन्टमै पहिलो प्रविधि भएको दाबी गरेको छ ।

क्रल टेकले एक्सेलेटर नदिई पनि मोटरसाइकललाई न्यून गतिमा अगाडि बढ्न सहयोग गर्छ । विशेषगरी ट्राफिक जाम तथा विस्तारै चल्ने सहरी सडकमा यसले राइडरले लगातार थ्रोटल र क्लच नियन्त्रण गर्नुपर्ने आवश्यकता कम गर्नेछ ।

दुवैको टप भेरियन्टमा नयाँ ५ इन्च टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध छ । यसमा गुगल नेभिगेसनसहित स्मार्टफोन कनेक्टिभिटी, लाइभ कल तथा म्यासेज अलर्ट, म्युजिक कन्ट्रोल दिइएको छ ।

टीएफटीले एन्ड्रोइड तथा आईओएस स्मार्टफोनबाट स्क्रिन सेयरिङ सपोर्ट गर्छ । लो भेरियन्टमा भने कलर एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल प्रयोग गरिएको छ । अधिकांश भेरियन्टमा यूएसबी टाइप-सी चार्जिङ स्ट्यान्डर्ड पाइन्छ ।

पल्सर १५० ट्विन डिस्क भेरियन्टमा ५ इन्च टीएफटी, गुगल म्याप्स नेभिगेसन, एलईडी इन्डिकेटर, हाजार्ड लाइट र क्ष्क्न् लगायतका फिचर थपिएका छन् । ग्राहकले सिंगल वा स्प्लिट सिटमध्ये छनोट गर्न सक्नेछन् ।

डिजाइनतर्फ नयाँ एलईडी हेडलाइट तथा टेललाइट, शार्प ट्यांक एक्सटेन्सन, एक्सपोज्ड च्यासिस एलिमेन्ट र परिमार्जित एग्जस्ट दिइएको छ । क्लिप–अन ह्यान्डलबार र वैकल्पिक बेली प्यानले मोटरसाइकललाई थप स्पोर्टी लुक दिएको छ ।

पल्सर १२५ को मिड र टप भेरियन्टमा ५ इन्च टीएफटी डिस्प्ले, राइड मोड, एलईडी इन्डिकेटर, हाजार्ड लाइट, आइएसजी तथा यूएसबी टाइप–सी चार्जिङ जस्ता फिचर उपलब्ध छन् ।

यसमा पनि नयाँ एलईडी हेडलाइट, परिमार्जित फ्युल ट्यांक एक्सटेन्सन, नयाँ डुअल–टोन एग्जस्ट, अपडेटेड टेललाइट र नयाँ ग्राब रेल दिइएको छ । यसअघिको ट्विन-शक रियर सस्पेन्सन हटाएर मोनोशक सस्पेन्सन प्रयोग गरिएको छ ।


Back_to_top