बजाज मोटरसाइकलको चर्चित २ मोडलको उत्पादन बन्द

काठमाडौं । बजाज अटोले भारतमा आफ्नो दुई मोडल बन्द गर्ने भएको छ । कम्पनीले यसको आधिकारीक जानकारी नदिएपनि डिस्कभर ११० र डिस्कभर १२५ दुई मोडल बन्द गर्ने भएको हो ।

बजाजले डिस्कभरलाई विगत १६ वर्षमा विभिन्न ३० भेरियन्ट बजारमा ल्याइसकेको थियो । कम्पनीले डिस्कभरलाई १००, १२५, १३५ र १५० सीसी क्षमताको इन्जिनमा ल्याएको थियो । तथापी बिक्रीमा खासै उत्साह नआएपछि सन् २०१८ बाट डिस्कभरका ११० र १२५ सीसी क्षमताको दुई मोडल मात्र उत्पादन गर्दै आएको थियो । अब भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसार यी मोटरसाइकल अपग्रेड नहुने भएको हो ।

बजाजका मोटरसाइकल नेपालमा नै एसेम्बल हुँदै आएको छ । यस्तोमा नेपालमा डिस्कभरको उत्पादन निरन्तर रहने अनुमान गर्न सकिन्छ । अहिले नेपालमा बजाज डिस्कभर १२५ सीसी क्षमतामा मात्रै उत्पादन हुँदै आएको छ ।

नेपालमा एचएच बजाजले बिक्री वितरण गर्दै आएको डिस्कभरका तीन भेरियन्ट बिक्री गर्दै आएको छ ।

डिस्कभर १२५ ड्रम, डिस्कभर १२५ डिस्क र डिस्कभर १२५ एसटी रहेका छन् । यी तीन मोडलका मूल्य क्रमश १ लाख ८९ हजार ९०० रुपैयाँ, १ लाख ९६ हजार ९०० र २ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top