लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्रि सर्भिस अवधि थपिने

काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।

सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने समेत निर्णय गरेको जनाएको छ । यो चेकअप क्याम्पको उद्देश्य लकडाउनमा लामो समय थन्केर बसेका कारहरुको अवस्था ठिक छ वा छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ ।

‘कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सिजी मोटोकर्प सम्मान गर्छ’, विज्ञप्तीमा भनिएको छ । यो अवधिमा ग्राहक वर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यान आकर्षित भएको र योे योजनाले ग्राहकको चिन्ता हटाउने अपेक्षा कम्पनीले लिएको छ ।


Back_to_top