७ महिना भित्र सब फोर मिटरमा ४ नयाँ एसयूभी आउने

काठमाडौं । भारतीय बजारमा उत्पादन हुने सब फोर मिटर एसयूभीको बढ्दो मागलाई मध्यनजर गर्दै किया, रेनो, निसान र टोयोटाले नयाँ गाडी ल्याउने भएका हुन् ।

अहिले नै बजारमा सब फोर मिटर सेग्मेन्टमा हुन्डाई भेन्यू, मारुती सुुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३०० र टीयूभी ३०० जस्ता मोडल उपलब्ध रहेका छन् । यस्तोमा नयाँ थपिने ४ मोडलले बजारमा कस्तो व्यापार गर्नेछन् त्यो भने हेर्न निकै चाख लाग्दो हुने छ ।

नयाँ आउने सबै एसयूभी आगामी चाडपर्वलाई मध्यनजर गर्दै आउने बताइएको छ । यी गाडी अक्टोबर महिनामा सार्वजनिक हुन सक्ने छन् ।
कियाले पहिलेल्यै घोषणा गरेको सोनट, निसान म्याग्नाइट, रेनो किगर र टोयोटाले ब्रेजालाई रिव्याच गरेर ल्याउने भएका हुन् ।

किया सोनेटमा हुन्डाई भेन्यूमा रहेको इन्जिन रहने छ भने मूल्यपनि भेन्यूको हाराहारीमा रहने छ ।

निसान म्याग्नाइट सव फोर मिटर सेग्मेन्टमा अहिले उपलब्ध अन्य गाडीको तुलनामा फिचर लोडेड हुने बताइएको छ । यसमा ३६० डिग्री क्यामेरा, कनेक्ट कार टेक जस्ता फिचर उपलब्ध हुने अनुमान गरिएको छ । कम्पनीले यसमा १.० लिटर थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिने जनाइएको छ ।

रेनोले बजारमा ल्याउने तयारी गरेको किगर कम्पनीको ‘सिएमएफ–ए प्लस’ मोडुलर प्ल्याटफर्ममा तयार भइरहेको छ । कम्पनीले यसमा सनरुफ लगायतका फिचर दिने छ । किगरमा निसान म्याग्नाइटमा उपलब्ध इन्जिन सहित अधिकांश फिचर रहने छन् ।

टोयोटाले मारुती सुजुकी भिटारा ब्रेजालाई रिव्याच गरि टोयोटा ब्राण्डमा सार्वजनिक गर्ने जनाइएको छ । केही कस्मेटिक परिमार्जन बाहेक ब्रेजामा खासै परिमार्जन हुने छैन । यसमा टोयोटाको ग्रिल र छुट्टै मोडल नेममा भने ल्याउने छ ।


Back_to_top