सस्ता मोटरसाइकल महंगो देखाउने होड (भिडियोसहित)

काठमाडौं । विश्वमा नै सवारीसाधन मोडिफाई गर्ने चलन रहेको छ । धेरै जसो गाडी उत्पादन कम्पनीले नै मोडिफाईको लागि आवस्यक किटहरु उत्पादन गर्ने गरेका हुन्छन् । तर, नेपालमा सवारीसाधन मोडिफाईलाई गैरकानुनी मानिन्छ ।

जापान, चीन, बेलायत लगायत देशमा कानुनी रुपमा नै सवारीसाधन मोडिफाई गर्न पाइन्छ । तर, नेपालमा सवारीसाधन मोडिफाई गरे सबैभन्दा धेरै सजाय हुने व्यवस्था रहेको छ ।

यदि मोडिफाई गरेर सडकमा मोटरसाइकल वा कार चलाएको खण्डमा १० हजारसम्म जरिवाना गर्ने व्यवस्था नेपालमा रहेको छ ।

भारतमा केही समयअघि नयाँ नियम ल्याएर सवारीसाधन मोडिफाई गरे गैरकानुनी हुने व्यवस्था गरेको भएपनि विभिन्न कम्पनीहरुले अहिले पनि मोडिफाई गरिरहेका छन् ।

यसरी मोडिफाई हुनेमा बजाजका मोटरसाइकल धेरै हुने गरेका छन् । बजाज पल्सर एनएस २००, पल्सर २२० एफ, एभेन्जर जस्ता मोडल मोडिफाई गरेर महंगो ब्राण्डका मोटरसाइकल जस्तै बनाउने गरिएको छ ।

पछिल्लो पटक बजाज एभेन्जरलाई हार्ले जस्तै देखिनेगरि मोडिफाई गरिएको मोटरसाइकल निकै चर्चामा रहेको छ । मूल्यका हिसावले एभेन्जर भन्दा हार्लेको
मोटरसाइकल ५ गुणा महंगो रहेको छ ।

मोडिफाई कम्पनीले एभेन्जरको एग्जस्ट, ह्याण्डलवार र टायर जस्ता पाटर्समा व्यापक परिमार्जन गरेको छ । यसले बजाज एभेन्जर २२० लाई हार्लेको प्रिमियम क्रुजर बाइकको स्वरुप दिएको छ ।


Back_to_top