काठमाडौं । आज बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधि बढाएर आगामी बैशाख १५ गतेसम्म पुर्याएको छ ।
भारतमा आगामी मे ३ तारिखसम्म लकडाउनको अवधि बढाएसँगै नेपाल सरकारले पनि आगामी बैशाख १५ गतेसम्म बन्दाबन्दीलाई कायम राख्ने निर्णय गरेको हो । त्यस्तै बैशाख १८ गतेसम्म सीमा नाकाबन्द गर्ने निर्णय गरेको हो।
चैत ११ देखि सुरु भएको लकडाउनको अवधि सरकारले तेस्रो पटक थप गरेको हो ।


