जावा मोटरसाइकल नेपाल प्रवेश, दुई क्रुजर मोडलसहित अर्को हप्ता नेपालमा बिक्री सुरु हुने

काठमाडौं । क्लासिक लिजेन्ड मोटरसाइकल उत्पादक जावाका उत्पादन नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले जावा ४२ र जावा ३००को आगामी हप्ता नेपालमा बिक्री सुरु हुने भएको हो ।

जावालाई नेपालमा अग्नी मोटोइन्कले बिक्री वितरण गर्ने छ । केहि समय अगाडि कम्पनीले आफ्नो बिक्री नेटवर्क विस्तारको लागि डिलर माग गरेको थियो ।

करिब २ वर्षअघि भारतमा सार्वजनिक भएको जावाका उत्पादन निकै चर्चामा रहेका छन् । महिन्द्रा एण्ड महिन्द्राको स्वामित्वमा रहेको जावाका उत्पादन नेपालमा अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले भित्र्याएको हो ।

क्लासिक लिजेन्डको उपमा पाएको जावा मोटरसाइकल जावा ४२ रेट्रो लुक्समा उत्पादन गरिएको क्लासिक मोडल हो ।

यी दुबै मोटरसाइकलमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।

यी दुबै मोटरसाइकलको मूल्य ६ लाखभन्दा माथि हुने अनुमान गरिएको छ ।


Back_to_top