हस्कभर्नाका मोटरसाइकल ‘सोल्ड आउट’, केटीएम पनि उस्तै

काठमाडौं । हशंराज हुलासचन्द एण्ड कम्पनीले केही दिनअघि नेपालमा सार्वजनिक गरेको नयाँ ब्राण्ड अस्कभर्नाका मोटरसाइकलसोल्ड आउट भएको जनाएको छ । केहि समय अगाडि मात्रै नेपालमा बिक्री सुरु भएको हस्कभर्नाका सबै यूनिट बिक्री भएको हो ।

त्यसैगरि सोही कम्पनीले बिक्री गर्ने प्रिमियम मोटरसाइकल केटीएमका बीएस ६ मोडलपनि सोल्ड आउट भएको जानकारी दिएको छ ।

‘हामीले ल्याएको नयाँ ब्राण्ड हस्कभर्ना र केटीएमको बीएस ६ मोडल सबै बिक्री भएका छन् । अब बुकिङ गर्ने ग्राहकलाई दशैंपछि मात्रै डेलिभरी दिन सकिन्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

नेपालमा केटीएम सबै मोडलमा बीएस ६ मोटरसाइकल भित्र्याउने पहिलो कम्पनी हो ।

केटीएमकै शोरुममा मार्फत बिक्री भइरहेको हस्कभर्ना मोटरसाइकलको पहिलो लटमा आएको सबै मोटरसाइकल बिक्री भएको हो । हाल कम्पनीले स्र्भाटपिलेन २५० र भिट्पिलेन २५० बुकिङ लिइरहेको जनाएको छ । यस्तै कम्पनीले केटीएमका सबै मोडलको पनि बुकिङ लिइरहेको जनाएको छ ।

कम्पनीदे दशैं लगत्तै मोटरसाइकल शोरुममा आइपुग्ने जनाएको छ । कम्पनीले केटीएम तथा हस्कभर्नाको मोटरसाइकल तिहार अगाडि नै डेलिभरि गर्ने जनाएको छ ।

हस्कभर्नाको दुई मोडल तथा केटीएमको सबै मोडलका मोटरसाइकल केटीएमको आधिकारिक शोरुमबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले ५ प्रतिशत व्याजदरमा समेत मोटरसाइकल बिक्री गर्दै आएको छ ।


Back_to_top