भारतको नयाँ बजेटले कार तथा मोटरसाइकलको मूल्य घट्न सक्ने

काठमाडौं । भारतमा आज आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुत भएको छ । उक्त बजेटले स्टील आयातमा लाग्दै आएको आयात करमा कटौती गरेसँगै गाडी उत्पादन केहि सस्तो पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतमा अहिल स्टील आयातमा १२.५ प्रतिशत कर लाग्दै आएकोमा नयाँ बजेटले ५ प्रतिशत करमा कटौती गरेको हो । अब स्टील आयातमा ७.५ प्रतिशत मात्रै कर लाग्ने भएको छ ।

भारतमा स्टीलको आयात करमा कटौती भएसँगै गाडीमा लाग्ने स्टीलको आयातमा कम रकम खर्च हुने भएसँगै कारको लागत कम पर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कार उत्पादक कम्पनीले ३० प्रतिशतदेखि ६० प्रतिशतसम्म र मोटरसाइकलमा १६ देखि २० प्रतिशतसम्म स्टीलको प्रयोग हुने गरेको छ ।

स्टीलको मूल्य कम हुने भएसँगै कारको मूल्यमा १ देखि ३ प्रतिशतसम्म मूल्य घट्ने संभावना रहेको छ ।


Back_to_top