काठमाडौं । एमजीले नेपाल ल्याउने घोषणा गरेको एमजी एचएसको बुकिङ खुल्ला भएको छ । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खोलेकाे हाे । एमजी एचएसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले बुकिङ खुल्ला गरेकाे हो ।
कम्पनीले यसमा १.५ लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १६२ पीएस पावर र ४४०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

यसको इन्टेरियरलाई प्रिमियम बनाउन कम्पनीले यसमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, प्योर लेदर सिट, मल्टी फङ्गसनल स्टेरिङ, ड्यूलजोन क्लाइमेट कन्ट्रोल अगाडि र पछाडि नै आर्मरेष्ट जस्ता फिचर यसमा दिएको छ । यसको डिक्की खोल्न हात लगाइरहनु पर्दैन ।
विशेषत सुरक्षा फिचरलाई बढी जोड दिएर तयार भएको एमजी एचएसमा ड्यूल र साइड कटन एयरव्याग पाउन सकिन्छ । चालकको सजिलोको लागि लेन डिपार्चर वार्निङ सिस्टम, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पाट डिटेक्सन, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक उपलब्ध रहेको छ ।
पानारोमिक सनरुफ, ६ वे एड्जस्टेवल ड्राइभिङ सिट, ४ वे एड्जस्टेवल प्यासेन्जर सिट, हिटेड सिट, १८ इन्चको अलोय ह्वील जस्ता विशेषता यसमा पाउन सकिन्छ ।


