हाउजेको अफ रोड मोटरसाइकल र्याली हुने

काठमाडौं । हाउजे मोटरसाइकलको आधिकारिक वितरक कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्र्सनले अफरोड मोटरसाइकल र्याली गर्ने भएको छ । कम्पनीले हाउजेको २०० यूनिट मोटरसाइकल विक्री गरेको उपलक्ष्यमा उक्त र्याली आयोजना गर्ने लागेको हो ।

सो र्याली कमलपोखरी स्थित हाउजेको शोरुमबाट शुरु भई सातदोवबाटो, टीकाभैरव हुँदै जावलाखेलमा रहेको कम्पनीको आधिकारि सर्भिस सेन्टरमा पुगि समापन हुने कम्पनीले जनाएको छ ।

उक्त र्याली ४० किलोमिटर लामो हुने कम्पनीको विज्ञप्तीमा उल्लेख छ । यो र्याली कम्पनीले फुड, पेट्रोल, ज्याकेट, फ्रि चेकअप साथै मोटरसाइकल वासिङको सुबिधा उपलब्ध गराउने भएको छ ।


Back_to_top