५ तस्विरमा हेर्नुहोस् टोयोटाको सानो क्रसओभर कार ‘आइगो एक्स’

काठमाडौं । टोयोटाले आफ्नो सानो ह्याचव्याक कार ‘आइगो एक्स’को क्रसओभर मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले यसको प्रोटोटाइप सार्वजनिक गरेर यसलाई चाँडै बजारमा ल्याउने संकेत दिएको हो । यो मोडल आहिले कम्पनीले विक्री गर्दै आएको आइगो मोडलकै क्रसओभरको रुपमा बजारमा आउने छ ।

टोयोटा न्यू ग्लोवल आर्किटेक्चर, बी प्ल्याटफर्म (टीएनजीए-बी) मा तयार भएको पहिलो ए सेग्मेन्ट क्रसओभर कारको रुपमा कम्पनीले यसलाई बजारमा सार्वजनिक गरेको हो । टोयोटा आइगो एक्स प्रोलग एउटा ए सेग्मेन्ट क्रसओभर कारको रुपमा बजारमा आउने छ ।

कम्पनीले ह्याचव्याक आइगोको तुलनामा यसमा व्यापक परिमार्जन गरेको देख्न सकिन्छ । निकै फरक किसिमको यूनिक एलइडी डिआरएल दिएको क्रसओभरमा ३ पार्टस्को एलइडी हेडल्याम्प र यू सेप्डमा टेल लाइट देख्न सकिन्छ । ठूला टायरको प्रयोग, ड्यूल टोन कलर, आक्रमक डिजाइन नयाँ आइगो एक्समा ग्राहकले पाउने छन् । यसको लम्बाई करिब ३७५० एमएमको हुने अनुमान गर्न सकिन्छ ।

यसमा प्रयोग हुने इन्जिनको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी यसमा थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहने अनुमान गरिएको छ । यसलाई कम्पनीले २०२१ को अन्त्य वा २०२२ को सुरुवातमा बजारमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top