स्टाइलिस डिजाइन र २०० किलोमिटर रेञ्जको कारण सुपर शोको टीएस चर्चामा

काठमाडौं । सुपर शोको नेपालमा पनि विक्री हुँदै आएको इलेक्ट्रीक मोटरसाइकल हो । नेपालमा सुपर शोकोका उत्पादन डिलाइफ स्टाइलले विक्री गर्दै आएको छ । कम्पनीले नेपालमा विक्री गर्दै आएको इलेक्ट्रीक मोटरसाइल टीएस स्ट्रीट मोडलको २०२१ भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सन भने नेपाल आएको छैन ।

कम्पनीले टीएसको २०२१ मोडलमा हेडलाइट र टेल लाइटमा ठूलो परिमार्जन गरेको छ । कम्पनीले यसमा २५०० वाट क्षमताको मोटर दिएको छ । उक्त मोटरले १८० एनएम टर्क प्रदान गर्ने छ । सहरी क्षेत्रको लागि मध्यनजर गर्दै कम्पनीले ल्याएको टिएसले उकालो र ओरालोमा पनि निकै राम्रो पर्फमेन्स दिने दाबी कम्पनीले गरेको छ । यसको टप स्पीड क्षमता भने ७५ किलोमिटर प्रतिघन्टा मात्रै रहेको छ ।

कम्पनीले यसमा दिएको डिजिटल क्लष्टरमा अनुमानीत ड्राइभिङ रेञ्ज, व्याट्रीको अवस्था, राइड मोड, घडी, तातक्रम जस्ता अबस्थाको जानकारी पाउन सकिन्छ । मोटरसाइकललाई चालकमैत्री बनाउन यसमा एरोडाइनामिक विङलेट्स प्रदान गरिएको छ । यो मोटरसाइकललाई एक पटकको फुल चार्जमा २०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top