शुक्रबारसम्ममा दुई नयाँ मोटरसाइकलको विक्री सुरु हुँदै

काठमाडौं । यहि हप्ता  दुई नयाँ मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । केटीएम र जावा ब्राण्डका दुई नयाँ मोटरसाइकल भित्रने भएको हो ।

अष्ट्रियन ब्राण्ड केटीएमले भोलि विहिबार एड्भेन्चर २५० सार्वजनिक गर्ने भएको हो । त्यसैगरि चेक ब्राण्ड जावाले शुक्रबार जावा पेरक सार्वजनिक गर्ने भएको छ ।

यी दुबै मोटरसाइकलको मूल्य समान जस्तै हुने अनुमान गरिएको छ ।

जावा पेरक बब्बर डिजाइनको मोटरसाइकल रहेको छ भने केटीएम एड्भेन्चर मोटरसाइकल हो ।

जावा पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेरकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ ।

डबल क्याड्रल ट्यूवलर फ्रेममा तयार भएको जावा पेरकको अगाडि टेलिस्कोपिक हाइड्रोलिक फर्क र पछाडि ७ स्टेप एड्जस्ट गर्न किल्ने मोनो सक एब्जर्बर दिइएको छ । नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजारदेखि ८ लाख रुपैयाँको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ । मूल्यका बारेमा कम्पनीले आधिकारिक जानकारि भने दिएको छैन ।

त्यस्तै केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।


Back_to_top