कियाको इलेक्ट्रीक एसयूभी ‘इभी सिक्स’ सार्वजनिक, मूल्य ४५ हजार डलर पर्ने अनुमान

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले नयाँ इलेक्ट्रीक भेहिकल इभी सिक्सबाट पर्दा उठाएको छ । नयाँ अत्याधुनिक डिजाइनको साथ बजारमा ल्याएको इभी सिक्स आकर्षक देखिएको छ । यसको प्रतिस्पर्धा युरोपियन अटोमोवाइक कम्पनी फक्सवागनको आइडी फोर तथा जापनीज अटोमोवाइल जाइन्ट निसानको आर्यासँग हुने अनुमान गरिएको छ ।

कियाको नयाँ एसयूभी इभी सिक्सको डिजाइन सिल्क तथा सिम्प्लीसीटी बडी देखिएको छ । यसको रुफलाइन स्लोप खालको देखिएको छ । अगाडि पट्टी ठूलो वाइड हेडलाइट डिजाइन रहेको छ, जसलाई सानो ग्रिलले जोडेको छ । पछाडि दिएको टेललाइट फुललेन्थको लामो बार जस्तो जोडियर रहेको छ जुन टेलगेटबाट तल बुटहुँदै ह्वील आर्कसम्म झरेको छ ।

यसको इन्टेरियर सिम्पल डिजाइनको रहेको छ । सिङ्गल स्पोक ड्यूलटोन स्टेरिङ ह्वीलले आकर्षक देखिएको छ । यसमा युजल अडियो र क्रुज कन्ट्रोल बटम रहेको छ । ड्यासबोर्डको मुख्य आकर्षकको रुपमा ठूलो साइजको इन्फोटेन्मेन्ट डिस्प्ले दिएको छ । जसमा क्लाइमेट कन्ट्रोलको लागि छुट्टै फिजीकल कन्ट्रोल सुइच रहेको छ । बीच भागमा गियर कम्ट्रोलका लागि कुनै गियर लिभर दिइएको छैन, यसको लागि रोटरी डायल दिएको छ ।

कियाको इभी सिक्समा ५८ किलोवाटआवर तथा ७२.६ किलोवाटआवरको व्याट्री अप्सन रहने छ, जसले एकपटकको सिङ्ल चार्जमा ४७० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ । कम्पनीका अनुसार यो एसयूभीमा सिङ्गल तथा ड्यूल मोटर सेटअपको अप्सन रहने छ । सन् २०२२ मा बजारमा आउने यो कारको सुरुवाती मूल्य ४५ हजार डलर पर्ने अनुमान गरिएको छ ।


Back_to_top