बोलेरोको नयाँ जेनेरेशन मोडल बारे थाहापाउनुस् ४ तथ्य

काठमाडौं । सन् २०२१ महिन्द्राका लागि रोचक वर्ष रहने अनुमान गरिएको छ । महिन्द्रा एण्ड महिन्द्राले यो वर्ष आफ्नो एसयूभी लाइनअपमा केही नयाँ मोडल र धेरै अपग्रेड गरिएको मोडलहरु थप्दैछ ।

महिन्द्राले छिटै नै एक्सयूभी ७००, नेक्ट जेनेरेशन स्कर्पियो, बोलेरे नियो तथा इलेक्ट्रीक एक्सयूभी ३०० र इलेक्ट्रीक केयूभी १०० मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।

महिन्द्राको सफल एसयूभी बोलेरोको नयाँ जेनेरेशन मोडलको भारतका विभिन्न क्षेत्रमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आइरहेका छन् । यस्तोमा कम्पनीले बलेरोमा गर्न लागेको परिमार्जनलाई हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

मुख्य परिवर्तन

अहिलेको बोलेरोभन्दा नयाँ बोलेरोमा बाहिरी पेन्टको ठूलो फरक रहनेछ । अबको बोलेरो ड्यूल टोन अप्सनमा आउने छ । स्पाई इमेजहरुमा देखिए अनुसार नयाँ बोलेरोमा बोनेट, रुफ तथा पिल्लरमा रातो रंगको प्रयोग भएको देखिएको छ । तर, बम्पर भने यसको ग्रे कलरको रहेको छ । नयाँ बोलेरोको हेडलाइट समेत नयाँ डिजाइनमा देखिएको छ । यसको इन्टेरियरमा भने परिवर्तनको केहि पनि रिपोर्ट बाहिर आएको छैन ।

परिक्षणकाे क्रममा देखिएकाे बोलेरो

इतिहास

महिन्द्राको बोलेरो सन् २००० को अगस्टमा पहिलो पटक लन्च भएको थियो । यसमा सन् २०११ को सेप्टेम्बरमा मेजर अपडेट भएको थियो । त्यस्तै सन् २०१६ को सेप्टेम्बरमा पनि यसमा धेरै अपग्रेड गरिएको थियो । त्यतिनै बेला चार मिटर लम्बाई भएको नयाँ मोडलका बोलेरो पावर प्लस सार्वजनिक भएको थियो । सन् २०२० को अप्रिलबाट बीएस सिक्स इन्जिनसहितको नयाँ स्टाइलको बोलेरको विक्री सुरु भएको थियो । तर, नेपालमा भने बीएस फोर इन्जिनमा नै बोलेरो आइरहेको छ ।

इन्जिन

महिन्द्राको बोलेरोमा १.५ लिटर टर्बो चार्ज्ड डिजल इन्जिन रहेको छ । जसले अधिकतम ७६ पीस पावर तथा २१० एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीडको म्यानुअल गियरबक्स रहको छ । यो गाडी रियर ह्वील ड्राइभ हो । नयाँ आउने बोलेरोमा पावरट्रेन समान रहने अनुमान गरिएको छ ।

अनुमानित लन्च डेट र मूल्य

बोलेरो एसयूभी भारतीय बजारमा यहि वर्षको मध्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ । यसको अनुमानित मूल्य भारतीय बजारमा ८ लाख ४० हजारदेखि ९ लाख ३९ हजारसम्म हुनेछ ।


Back_to_top