ओलाले भारतसँगै अन्य देशमा पनि आफ्नो स्कुटर विक्री गर्ने

काठमाडौं । भारतमा यातायातको क्षेत्रमा लगानी गर्दै आएको कम्पनी ओलाले बजारमा ल्याउन लागेको इलेक्ट्रीक स्कुटर अन्तर्राष्ट्रिय बजारमा समेत विक्री गर्ने भएको छ । कम्पनीले निर्माण गरेको इलेक्ट्रीक स्कुटर यही जुलाई महिनामा भारतमा सार्वजनिक हुँदैछ ।

पछिल्लो समय ओला इलेक्ट्रीक भारतमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत निकै चर्चामा रहेको छ । यसैबीच कम्पनीका सीइओले हालैमात्र ओला स्कुटर अन्तर्राष्ट्रिय बजारमा विक्री गर्ने बताएका थिए । उनका अनुसार २०२१ को अन्त्यसम्ममा ओला ग्लोवल मार्केटमा समेत उपलब्ध हुनेछ । कम्पनीले पहिलो चरणमा यूरोपियन मार्केटमा आफुलाई विस्तार गर्ने जनाएको छ ।

कम्पनीले निमार्णको क्रममा रहेको ओला इलेक्ट्रीकको मूल्य तथा टेक्नीकल विवरण भने हालसम्म बाहिर आएको छैन । कम्पनीले भारतमा हाइपर चार्ज नेटर्वक विस्तारको कामसमेत गरिरहेको छ । ओलाले भारतमा आफुले निर्माण गर्न लागेको चार्जर देशकै ठूलो नेटवर्क भएको जनाएको छ । पहिलो चरणमा १०० भारतीय सहरहरुमा ५ हजार चार्जिङ स्टेशन निर्माण गर्दैछ, भने भविष्यमा १ लाख स्टेशन निर्माण गर्ने जनाएको छ ।

गतवर्ष मात्रै इलेक्ट्रीक स्कुटर निर्माण गर्ने घोषणा गरेको ओलाले २ हजार ४०० करोड भारतीय रुपैयाँ खर्चेर म्यानुफ्याक्चर प्लान्ट लगाएको हो । उक्त प्लान्ट पूर्णरुममा संचालनमा आउदा १० हजार श्रमीकले रोजगारी प्राप्त गर्ने जनाइएको छ । यो विश्वकै दोस्रो ठूलो स्कुटर उत्पादक कम्पनी बन्ने बाटोमा रहेको छ । यसको वार्षिक उत्पादन क्षमता २ मिलियन यूनिट रहेको छ । ओलाले भविष्यमा फोर ह्वीलर इलेक्ट्रीक गाडी निर्माण गर्नेसमेत लक्ष्य बनाएको छ ।

हाल नेपाली बजारमा इलेक्ट्रीक स्कुटर आक्रमक रुपमा भित्र्दै आएको छ । नेपाली बजारम युरोप, चीन, भारत लगायतका देशमा निर्माण भएका इलेक्ट्रीक स्कुटर विक्री हुँदै आएका छन् । यस्तोमा नेपालमा ओलाका इलेक्ट्रीक स्कुटर चाँडै आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top