क्रेटा र सेल्टोसलाई टक्कर दिन टोयोटाले नयाँ एसयूभी ल्याउने

काठमाडौं । टोयोटाले भारतमा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेगरि नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । टोयोटाले भारतमा ल्याउने नयाँ एसयूभी जापानमा विक्री वितरण हुँदै आएको ‘राइज’बाट प्रेरित हुने अनुमान गरिएको छ ।

भारतमा टोयोटाले बनाउने उक्त नयाँ एसयूभी मारुती सुजुकीसँग पनि सहकार्य हुने अनुमान गरिएको छ । सन् २०२२ मा बजारमा उतार्ने अनुमान गरिएको नयाँ एसयूभी टोयोटा र मारुती सुजुकीको अलग अलग लोगो र अगाडिको फ्रन्ट ग्रिलको साथै थुप्रै फरक फिचरमा आउने अनुमान गरिएको छ ।

टोयोटाले विक्री गर्ने नयाँ मोडल मारुती सुजुकीको तुलनामा महंगो रहने छ भने फिचर पनि धेरै रहने अनुमान गरिएको छ । कम मूल्यमा विक्री गर्नु पर्ने भएकाले मारुती सुजुकीले ल्याउने मोडलमा कम फिचर रहन सक्ने छ । यसको अन्य टेक्नीकल विवरण भने कम्पनीले बाहिर ल्याएको छैन ।


Back_to_top