नेपाली सडकमा देखियो एमजी हेक्टर, दशैंअघि नै विक्री हुन सक्ने

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को एसयूभी हेक्टर नेपाली सडकमा देखिएको छ । काठमाडौं आसपासमा परिक्षणको क्रममा एमजी हेक्टर देखिएको हो ।

एमजीले भारतमा उत्पादन गरेको यो एसयूभी निकै सफल मोडल हो । भारतमा निकै सफल भएको यो मोडल दुई वर्षपछि नेपालमा देखिएको हो । परिक्षणको क्रममा देखिएको हेक्टर दशैंअघि नै नेपालमा विक्री सुरु हुने अनुमान गर्न सकिन्छ । यस विषयमा भने आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले कुनै जानकारी दिएको छैन ।

निकै ठूलो साइजमा देखिएको एमजी हेक्टर नेपाली बजारमा विक्री सुरु हुने हो भने टाटा एच ५, किया सेल्टोस र हुन्डाई क्रेटासँग सिधा प्रतिस्पर्धा हुने देखिन्छ ।

एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध छ । हाइब्रिड पेट्रोल इन्जिन र डिजेल इन्जिनमा ६ स्पीड म्यानुयल र पेट्रोल भर्सनमा ६ स्वीड ड्अल–क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ । नेपालमा कुन इन्जिनमा आएको हो भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

एमजीले भारतमा ४ वटा भेरियन्ट स्टाइल, सुपर, स्मार्ट र सार्पमा हेक्टर विक्री गर्दै आएको छ । साथै, ७ सिट क्षमताको हेक्टर प्लसपनि विक्री हुँदै आएको छ । बाटोमा देखिएको हेक्टर भने ५ सिट क्षमताको रहेकाले यो मोडल हेक्टर नै हो ।

एमजी हेक्टरले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क दिन्छ । त्यस्तै हेक्टरले १७.४१ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

यसको मूल्यको विषयमा अहिल्यै केही जानकारी प्राप्त भएको छैन । यद्यपी यसको मूल्य ५५ लाखदेखि ७५ लाखको बीचमा निर्धारण हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top