काठमाडौं । अटो मोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो आगामी फेब्रुअरी २१ देखि २६ तारिख ( फागुन ९ देखि १४ गते )सम्म आयोजना हुने भएको छ ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १५ औं संस्करणक अटो शो माघमा गर्ने गरी नयाँ मिति तोकेको हो ।
यसअघि नाडाले भदौ २६ गते अटो शो गर्ने मिति तोकेको भए पनि हुन सकेको थिएन । नाडा अटो शो २ वर्षपछि हुन लागेको हो । गत वर्ष कोरोनाका कारण अटो शो हुन सकेको थिएन ।
१४ औं संस्करणको २०७६ भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको थियो ।


