यस्ता छन् आइफोन सेभेन भन्दा सस्ता मूल्यमा पाइने स्कुटर

एप्पलको आइफोन सेभेनको मूल्य कति पर्छ र स्कुटरको कति पर्छ ? हामीलाई लाग्छ, आइफोन सेभेनभन्दा स्कुटर निक्कै महगो पर्ला । तर आइफोन सेभेनभन्दा स्कुटरको मूल्य कम पर्छ भन्दा तपाइलाई पत्यार नलाग्ला । 

हो, भारतीय बजारमा आइफोन सेभेनभन्दा कम मूल्य अर्थात ५० हजार भारु भन्दा काम मूल्यमा पाइने स्कुटरको यहाँ चर्चा गरिएको छ । 

भारतीय बजारमा आइफोन सेभेनको मूल्य औषतमा ५० हजार भारु भन्दा बढी रहेको छ । उक्त मूल्य भन्दा कममा पाइने स्कुटर यस्ता रहेका छन्ः 

१ हिरो डुएट


भारतीय दुईपांग्रे सवारी उत्पादन कम्पनी हिरो मोटो कर्पले उत्पादन गरेको हिरो डुएटको मूल्य ४७ हजार ७ सय ५० रुपैयाँ भारु रहेको छ । यो स्कुटर भारतीय बजारमा निक्कै लोकप्रिय रहेको छ । 

२ होन्डा नाभी


होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले उत्पादन गरेको मोटरसाइकल र स्कुटरको क्रस नाभीको मूल्य ४४ हजार २ सय ८९ भारु रहेको छ । सानो आकारको चिटिक्क परेको यो स्कुटर धेरैले मन पराएको कम्पनीले जनाएको छ । 

३ होन्डा क्लिक्स


होन्डाको अर्को स्कुटर क्लिक पनि आइफोन भन्दा सस्तो मूल्यमा पाइन्छ । होन्डा क्लिकको भारतीय बजार मूल्य ४५ हजार ५ सय ७९ भारु रहेको छ । 

४ हिरो प्लेजर 


हिरो मोटर कर्पले उत्पादन गरेको प्लेजर स्कुटरको मूल्य ४८ हजार भारु रहेको छ । यो स्कुटर हिरोको धेरै बिक्री हुने मोडल मध्येमा पर्छ । 

५ ओकिनावा रिज स्कुटर


जापानी स्कुटर उत्पादक कम्पनी ओकिनावाको स्कुटर पनि आइफोन सेभेन भन्दा सस्तो मूल्यमा उपलब्ध रहेको छ । ओकिनावा रिज स्कुटरको मूल्य ४२ हजार ४ सय भारु रहेको छ । 

६ टीभीएस स्कुटी पेप प्लस


भारतीय दुई तथा तीन पांग्रे सवारी उत्पादक कम्पनी टीभीएसको स्कुटर पनि आइफोन सेभेन भन्दा कम मूल्यमा उपलब्ध रहेको छ । टीभीएस स्कुटी पेप प्लसको मूल्य ४० हजार ९ सय ५० भारु रहेको छ । 

७ हिरो मेस्ट्रो एज


हिरोको मेस्ट्रो एज स्कुटरको मूल्य ४९ हजार ९ सय भारु रहेको छ । यो स्कुटर भारतीय बजारमा पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । यो स्कुटर पनि आइफोन सेभेनभन्दा सस्तो मूल्यमा पाइन्छ ।


Back_to_top