चार्जिङ स्टेशन निर्माणमा बेलायतले ५३१ मिलियन डलर लगानी गर्ने

बेलायतले विद्युतिय सवारी साधनको प्रबद्र्धन गर्न लगानी वृद्धि गर्ने भएको छ । बेलायतले विद्युतिय कार पूर्वाधारका लागि ५३१ मिलियन डलर रकम खर्च गर्ने भएको हो । 

सो रकम चार्जिंग प्वाइन्टहरु उत्पादन र जडान गर्ने कम्पनीहरुका लागि खर्च गरिने बताईएको छ, जसले उपभोक्ताहरुलाई अहिलेको कार्बन उत्सर्जन गर्ने गाडिहरुबाट विद्युतिय सवारीमा लैजान उत्साहित गर्नेछन् ।

सडकमा पार्किग गर्ने क्षेत्रहरुका नयाँ सडक बत्तिहरुमा पनि चार्जिंग प्वाइन्ट बनाउने र न्यून लागतको वायरलेस चार्जिङ टेक्नोलोजी विकास गर्नका लागि ४० मिलियन पाउन्डको कार्यक्रम घोषणा गरिएको बेलायतका यातायात सेक्रेटरी क्रिस ग्रेलिंगले सार्वजनिक गरे ।

नयाँ योजना सरकारको सन् २०४० सम्म पेट्रोल र डिजेलबाट चल्ने नयाँ गाडिहरुको बिक्री रोक्ने गरि आएको हो ।

यो रकमले स्वच्छ र स्वस्थ्य वातावरण बनाउने मात्र नभई बेलायतको आर्थिक वृद्धिमा पनि सहयोग गर्ने ग्रेलिंगले सरकारको रोड टू जिरो रणनितीअन्तरगत आएको बताए ।

बेलायतमा विद्युतिय कारहरुको आम स्विकारयोग्य बनाउनका लागि चार्जिङ प्वाइन्टहरुको अभाव मूख्य अबरोधको रुपमा देखिएको छ, जसले गर्दा परम्परागत गाडिहरुभन्दा लामो यात्राका लागि असहज भएको छ ।


Back_to_top