सुजुकी टु ह्वीलर्सले जिक्सर एसपी र जिक्सर एसएफ एसपी मोडलका बाइकलाई भारतीय बजारमा सार्वजनिक गरेको छ ।
जिक्सर एसपीको भारतीय बजारमा एक्स शोरुमको मूल्य ८७ हजार २५० भारु लगाइएको छ भने, जिक्सर एसएफ एसपीको मूल्य १ लाख ६३० भारु तोकिएको छ ।
२०१८ जिक्सर एडिसनलाई कम्पनीले ब्ल्याक गोल्ड ड्युल टोन सेडमा ल्याएको छ भने फिउल ट्याङ्कीमा केही परिर्वतन गरेको छ ।
पुरानो जिक्सरकै सम्पूर्ण मेकानिकल पाटर्स दिइएको यो बाइकमा १५५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । जसले १४.८ पीएस पावर र १४ एनएम टर्क उत्पादन गर्छ । यी दुबै बाइकमा ५ स्पिड गियर दिइएको छ । यसको फ्रेम, सस्पेन्सन र ब्रेकमा समेत कुनै परिर्वतन गरिएको छैन ।
यो बाइक नेपाली बजारमा आउने वा नआउने केही बताइउको छैन । नेपाली बजारमा सुजुकीको आधिकारीक बिक्रेताको रुपमा सुजुकी भिजीले काम गर्दै आएको छ ।

