प्यासेन्जर भेइकलमा लगानी थप्दै टाटा, १ अर्ब डलर लगानी गर्ने

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले प्यासेन्जर भेइकल सेगमेन्टमा १ अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीले आगामी ३ वर्ष भित्रमा उक्त रकम लगानी गरिने जनाएको छ । बढ्दो प्यासेन्जर सवारीको मागलाई मध्ये नजर गर्दै सो रकम लगानी गर्न लागेको टाटा मोटर्सले उल्लेख गरेको छ । 

यो टाटा मोटर्सले प्यासेन्जर सेगमेन्टमा गर्न लागेको ठूला लगानी मध्येको हो । टाटाको मध्यावधि विजनेस प्लान तथ गर्न बसेको बोर्ड बैठलले उक्त लगानी गर्ने निर्णयलाई स्वीकृत गरेको हो । 

यो लगानीसंगै टाटाको पुने र गुजरात प्लटमा नयाँ सवारी उत्पादनमा विस्तार हुने छ । आगामी ५ वर्ष भित्र टाटाको नयाँ प्लेटफर्म ओमेगा र अल्फा लागु हुनेछ  । यो प्लटफर्ममा रहेर कम्पनीले दर्जनौं नयाँ सवारी ल्याउनेछ । 

यो वर्षको जुनमा भारतीय बजारमा प्यासेन्जर कारको मासिक बिक्रीमा टाटाले महिन्द्रा एन्ड महिन्द्रालाई पछि गरेको छ । पुने प्लान्टमा टाटाले नयाँ उत्पादन समिकरण स्थापना गरि सकेको छ । 

उक्त प्लान्टबाट यो वर्षको अन्त्यसम्ममा टाटाले क्यू५ रेन्जका एसयुभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

आगामी दुई वर्षमा टाटाको प्यासेन्जर सवारी बिक्री वार्षिक १५ देखि २० प्रतिशतले वृद्धि हुने लक्ष्य कम्पनीको छ । यो अवधिमा भारतीय प्यासेन्जर कार बजार ८ देखि ९ प्रतिशतले वृद्धि हुने अनुमान छ । उक्त लक्ष्य पुरा गर्न टाटाका टिगोर, टियागो, नेक्सन र नयाँ आउने उत्पादनले महत्वपूर्ण भुमिका खेल्ने कम्पनीको विश्वास छ ।


Back_to_top