यस्तो नाममा आउँदै टाटाको नयाँ कम्प्याक एसयुभी

काठमाडौं । टाटा मोटर्सले प्यासेन्जर कार बजारमा आफ्नो उपस्थिति आक्रामक रुपमा विस्तार गर्दै लाने रणनीति लिएको छ । त्यही योजना अनुरुप आगामी एक वर्ष भित्रमा कम्पनीले आठवटा नयाँ कार बजारमा ल्याउने तयारी गरेको छ । 

टाटाले आफ्नो नयाँ कारको रुपमा टियागो ह्याचब्याक गत वर्ष बजारमा ल्याएको थियो । त्यस पछि हेक्जा, टिगोर र नेक्सन बजारमा ल्याइसकेको छ । 

त्यस्तै टाटा मोटर्सले एच५एक्स कन्सेप्टमा कम्प्याक एसयुभी बनाइ रहेको छ । यो कम्प्याक एसयुभीको टाटाले हालसम्म आधिकारीक  नाम सार्वजनीक गरेको छैन । भारतीय मिडीयाहरुको अनुशार टाटाले यसको नाम ह्यारिया दिएको छ । ह्यारिया एक प्रजातीको बाजको नाम हो । 

बेलायतको रोयल नेभीले प्रयोग गरेको भर्टीकल टेकअफ र ल्याण्डिङ गर्नसक्ने अट्याक फाईटर जेटको नाम पनि ह्यारियर थियो । यहि फार्इटर जेट पछि इन्डियन नेभीले पनि प्रयोग गरेको  थियो । 

यो कम्प्याक एसयुभी २०१९ को अप्रील महिनासम्म लन्चगर्ने योजना रहेको छ र यसको मूल्य भारतमा १२ लाखको आसपास हुनेछ । यो एसयुभीको मूख्य प्रतिस्पर्धा जीपको कम्पास र हुन्डाईको क्रेटासँग हुने अनुमान छ । यसको लम्बाई, चौडाई तथा उचाई भने कम्पास र क्रेटा भन्दा केहि ठूलो हुनेछ । 

एच५एक्स को ओमेगा आर्किटेक्चर प्लेटफार्ममा तयार गरिनेछ। यहि प्लेटफर्ममा ल्याण्ड रोभरको डिस्कभरी स्पोर्टस पनि बनेको छ । अनुमानहरुका अनुशार यसमा फियाटको २ लीटरको मल्टीजेड डिजेल इन्जीनको प्रयोग गरिने छ, जुन जीप कम्पासले पनि प्रयोग गरेको छ । 

पेट्रोल अप्सनमा भने १.४ लीटरको टर्बोचार्ज मल्टिएयर इन्जिन हुने अनुमान छ । टाटाको भनाईमा यसको उत्पादन कन्सेप्ट मोडलसँग ८० प्रतिसतसम्म मिल्दो जुल्दो रहने छ । 


Back_to_top