काठमाडौं । प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ । जीवनका अनेक आवश्यकतामध्ये सवारीसाधन एक मुख्य आवश्यकता भएको छ ।
सवारीसाधन आधुनिक युगको सुविधायुक्त वस्तु मात्रै नभई सुरक्षाको जरुरी साधन पनि भइसक्यो । बजारमा धेरै ब्रान्ड र डिजाइनका सवारी उपलब्ध छन् । तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक र सुरक्षित साधन मात्रै पर्ने गर्छन् । पछिल्लो समय सुरक्षित यात्रा भन्ने बित्तिकै ग्राहकले झट्टै सम्झने गर्छन्– टाटाका कारहरू ।
भर्खरै टाटा ‘पन्च’ ले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ–स्टार पाएपछि टाटाका उत्पादन सुरक्षित रहेको थप प्रमाणित भएको छ । यो नतिजासँगै गाडीका पारखीहरूको ध्यान टाटातिर झनै तानिन थालेको छ । टाटाका गाडी सुरक्षाका दृष्टिले अब्बल रहेको कुरा अनुभवीहरू बताउँछन् ।

यसअघि पनि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ–स्टार पाएको थियो । टाटा ‘पन्च’ ले पनि फाइभ–स्टार पाएपछि ‘सुरक्षाको अर्को नाम टाटा’ बराबर साबित भएको छ । पछिल्लो पटक सार्वजनिक सेफ्टी रेटिङमा ४ वटा कारले ‘फाइभ–स्टार’ रेटिङ पाएका छन् । सोमध्ये ३ वटा कार टाटाका छन् ।
सुरक्षाका हिसाबमा टाटा नेक्सन त्यो पहिलो भारतीय गाडी हो, जसले पाँच–तारे ग्लोबल एनक्याप प्राप्त गरेको थियो । ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको यो गाडी आकर्षकका साथै आरामदायी भएका कारण निकै तीव्र गतिमा विक्री रेकर्डमा पनि अगाडि रह्यो । सुविधा र प्रविधिका कारण गाडीको पारखीहरू माझ यो गाडी दिनानुदिन लोकप्रिय हुदै गएको हो ।

टाटा मोटर्सले आफ्ना कारहरूलाई आकर्षक सुविधासहित समसामयिक बनाउँदै नयाँ–नयाँ भेरियन्ट ग्राहकलाई पस्किरहने सदावहार सिद्धान्त बोकेको छ । यही सिद्धान्तको प्रतिबद्धताले नै टाटा अल्ट्रोजले नेसनल लन्चको बेलामै फाइभ–स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको हो । प्राप्त फाइभ–स्टार रेटिङले अल्ट्रोजमा भएको सुरक्षासुविधालाई बलियोसँग पुष्टि गरिदियो ।
अल्ट्रोजले ग्राहकलाई सुपथ मूल्यमा गतिलो प्रिमियम सुविधाको अनुभव गर्ने विकल्प दियो, जसका कारण छोटो समयमै यो सबैको प्रिय बन्न सफल भयो । स्टालिइस डिजाइन र सुगमतालाई ग्राहकले काफी सराहना गरे । योभन्दा खुसीको कुरा– सुरक्षाको श्रेणीमा अल्ट्रोजले प्रमाणित गरिरहेको सर्वश्रेष्ठतालाई सर्वत्र प्रशंसा गरियो ।

टाटाका उत्पादनहरू सुरक्षाका दृष्टिले सर्वश्रेष्ठ रहेको पछिल्लो कडी बनिदियो– टाटा ‘पन्च’ । टाटा पन्चको उच्च प्रविधियुक्त सुविधालाई त ग्राहकहरूले मन पराइहाल्छन् नै । खासमा ‘पन्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयूभीको रूपमा स्थापित गर्न सक्छ । यो अर्को महŒवपूर्ण पक्ष हो ।
भारतीय बजारमा सुरक्षाका कोणबाट सबैभन्दा रुचाइएका टाटाका कारहरू पछिल्लो समय नेपाली बजारमा पनि अझै धेरै रुचाइनुलाई धेरैले सुखद रूपमा लिएका छन् । यस खुसीका पछाडि सुरक्षा परीक्षणमा टाटाका कारहरूले प्राप्त गरेको रेटिङले महत्वपूर्ण भूमिका खेलेको छ ।
फाइभ–स्टार र फोर–स्टार पाउनका लागि मोटर्स कम्पनीहरूले निकै मिहिनेत गर्ने गर्छन् । तर, सबै कम्पनी आफ्ना सबै उत्पादनमा सफल हुन्छ भन्ने छैन । टाटा मोटर्सले भने सुरक्षाका मामिलामा एकपछि अर्कोमा उच्च सफलता प्राप्त गर्नुले कम्पनीका लागि मात्रै होइन, उपभोक्ताका लागि पनि खुसी दिएको छ ।

अर्को खुसीको कुरा, सुरक्षाका मापदण्डका आधारमा टप ८ कारमध्ये टप ६ कार त टाटाका मात्रै उत्पादनहरू छन् । सुरक्षाका दृष्टिले टाटाका अरु ३ वटा भेरियन्टले फोर–स्टार पाएका छन् । टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभीले पनि फोर–स्टार पाएस“गै टाटाका उत्पादनहरू सुरक्षाका कोणबाट भरपर्दो रहेको अनुभव ग्राहकले गरेका छन् । कारहरूले फोर–स्टार पाउनु नै निकै महत्वपूर्ण मानिन्छ । टाटाका ३ भेरियन्टले फाइभ–स्टार र ३ भेरियन्टले फोर–स्टार पाएसँगै अग्रपंक्तिका ८ कारमध्ये ६ वटामा टाटाले कब्जा जमाएको छ । यी आँकडाले टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएका छन् ।

टाटा आफ्ना उत्पादनको क्वालिटीमा कति धेरै गम्भीर छ भन्ने कुराको झन्–झन् पुष्टि भइरहेको छ । टाटाले आफ्ना कारहरूमा उपलब्ध गराएका अत्याधुनिक फिचरका साथै सुरक्षाको ग्यारेन्टीका कारण नेपाली बजारका ग्राहक पनि ढुक्क छन्, टाटाका कारप्रति ।



