नेपाल आयो चेरीको पहिलो एसयूभी, आगामी हप्ताबाट विक्री सुरु हुँदै

काठमाडौं । सारडा ग्रुप अन्तर्गतको एमसीभी अटोमोवाइलले चेरी ब्राण्डको ‘टिगो फोर प्रो’ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले अबको एक हप्ता भित्र चेरीको एसयूभी विक्री सुरु गर्न लागेको जानकारी दिएको छ ।

‘अहिले एउटा एसयूभी मोडल मात्रै नेपाल आएको छ । चेरीको चर्चित मोडल टिगो फोर प्रोसँगै क्रमिक रुपमा अन्य मोडल पनि नेपाल आउने छन्’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले नेपाल ल्याएको चेरी टिगो फोर प्रो साइजको हिसावले क्रेटा, सेल्टोस, कुशक र टाइगुन जत्रै रहेको छ । यसको लम्बाई ३५५८ एमएम, चौडाई १८३० एमएम, उचाई १६७० एमएम रहेको छ भने ह्वीलवेस २६३० एमएमको पाउन सकिन्छ ।

बाघको आँखा जस्तो प्रोजेक्टर हेडल्याम्प, १७ इन्चको डायमण्डकट अलोय ह्वील, ठूलो फ्रन्ट ग्रिल, बीचमा दिइएको चेरीको लोगो, एलइडी फगल्याम्प, बल्की बडी डिजाइनको कारण यो एसयूभी निकै मस्कुलर देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा टिगो फोर उपलब्ध रहेको छ । यसमा १.५ लिटर टर्बो र २.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन उपलब्ध छ । नेपालमा कुन भेरियन्ट आएको छ भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, हाम्रो अनुमानमा १.५ लिटर टर्बो इन्जिन भएको एसयूभी नेपाल आएको छ ।

चिनियाँ कम्पनीले यसमा थुप्रै सुरक्षा फिचर उपलब्ध रहेको छ । जसमा हिल डिसेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, ६ डी बडी कन्ट्रक्सन, ३६० डिग्री क्यामेरा, एयरव्याग, एबीएस, इबीडी जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top