काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई खरिद गर्दा स्मार्ट हेलमेट पाइने भएको छ । कम्पनीले रेजेडआर १२५ एफआई विक्री सुरु गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त अफर सार्वजनिक गरेको हो ।
कम्पनीले हरेक यामाहा रेजेडआर १२५ एफआईको खरिदमा स्मार्ट हेलमेट दिने स्कीम ल्याएको हो । यो हेलमेटमा ब्लुटुथ कनेक्सन, नेभिगेशन असिस्ट र कल तथा एसएमएस नोटिफिकेशन जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
यो स्कीम यामाहा रेजेड १२५ एफआई भेरियन्टमा मात्र उपलब्ध रहेको छ । रेजेडआरको ४ भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । रेजेडआर १२५ को मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तो छ स्कुटर
अल न्यू रेजेड आर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा ट्युवलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । तर, कम्पनीकै यामाहा फसिनो १२५ एफआईसँग भने बराबर हो । रेजेड आर १२५ मा फसिनोमा रहेको धेरै फिचर समान रहेका छन् । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।

