काठमाडौं । प्यूजो र सिट्रोन जस्ता यूरोपियन ब्राण्डलाई नेपालमा विक्री गर्दै आएको साँग्रिला मोटर्सले ‘जेएसी मोटर्स’ कम्पनीले उत्पादन गरेको ‘टी ८’ पीकअप नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याइरहेको पीकअप अबको एक हप्ता भित्रै नेपाल आउने कम्पनी स्रोतले जानकारी दियो ।
नेपालमा पीकअपको विक्री बढ्दै गएको समयमा नेपाल आउन लागेको जेएसी टी ८ पीकअपले पावर र फिचरको कारण राम्रो बजार पाउने अनुमान गर्न सकिन्छ ।
यो पीकअपको लम्बाई ५३२५ एमएम चौडाई १८८० एमएम र उचाई १८३० एमएम रहेको छ । यसमा ग्राहकले ३०९० एमएमको ह्वील वेस पाउने छन् । यसमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
चीनमा जेएसीले टी ८ पीकअप पेट्रोल र डिजेल इन्जिनमा विक्री गर्दै आएको छ । नेपाल आउन लागेको मोडल भने डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा १९९९ सीसी क्षमताको जेएसीको आफ्नै डिजेल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १३९ पीएस पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।

सिक्स स्पीड म्यानुयल गियरबक्स, १८ इन्चको आल्मुनियम अलोय ह्वील र ७६ लिटरको इन्धन ट्याङ्की रहेको यो मस्कुलर पीकअपमा सुरक्षाको लागि अगाडि दुई एयरव्याग, इबीडी सहितको एबीएस, इएसपी, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर पार्किङ सेन्सर, हिल होल्ड एसिस्ट, ट्रयाक्सन कन्ट्रोल, भेहिकल डाइनामिक कन्ट्रोल जस्ता फिचर प्रदान गरिएको छ ।
यस पीकअपमा ग्राहकले अटोमेटीक हेलोजीन हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पुस बटम स्टार्ट, स्मार्टफोन कनेक्टीभीटी, इलेक्ट्रीकल पार्किङ ब्रेक, अटो होल्ड, किलेस इन्ट्री जस्ता फिचर पाउन सक्नेछन् ।
फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने यो पीकअपलाई साँग्रिला मोटर्सले ५८ देखि ६० लाख भित्रै मूल्य कायम गरेर विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

