टोयोटाको मोस्ट वइटेड रस काठमाडौंमा, यस्तो छ विशेषता र मूल्य (भिडियोसहित)

काठमाडौं । टोयोटाको नयाँ एसयूभी रस बुकिङ गरेर बसेका ग्राहकलाई जुलाई २० अर्थात यही शुक्रवारबाट गाडी डेलिभरी दिने भएको छ । नेपालको लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेटले जनाए अनुसार बुकिङ लिइएको १५० यूनिट मध्ये सुरुमा शुक्रवार १५ यूनिट ग्राहकलाई हस्तान्त्रण गरिने छ । 

टोयोटाको नयाँ एसयूभी ‘अल न्यू रस’ लाई कम्पनीले अप्रिल ११ तारिकबाट प्रि बुकिङ खुल्ला गरेको थियो ।

 

‘हामीले डेलिभरी सुरु गर्दै छौं, अबको केही दिन भित्र सुरुमा बुकिङ गरेर बसेका ग्राहकलाई गाडी हस्तान्त्रण गर्ने छौं’ कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर बिबेक बलामीले मेरोअटो डटकमसँग भने । 

इन्जिन

रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । 

अन्य फिचर

मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने रक बटम ग्राउन्ड क्लियरेन्स २९० एमएम रहेको छ । यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ । 

त्यसैगरी ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् । 

सुरक्षा

६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडी सहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्ट जस्ता सुरक्षात्मक संयन्त्र दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ ।  

मूल्य

नेपाली बजारमा यो कारको सुरुवाति मूल्य ६१ लाख ९० हजारदेखि ७५ लाख ५० हजारसम्म रहेको छ ।  


Back_to_top