काठमाडौं । हुन्डाई कोनाको मूल्य १ लाख रुपैयाँले महंगो भएको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा कोनाको दुबै भेरियन्टको मूल्य १ लाख रुपैयाँले वृद्धि गरिएको हो ।
केही समयअघि नेपालमा विक्री सुरु भएको कोना फेसलिफ्ट मोडलको जीएल १०० किलोवाट भेरियन्टको मूल्य ५७ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६० लाख ९६ हजार भएको छ । यसअघि यी दुबै भेरियन्टको मूल्य क्रमशः ५६ लाख ९६ हजार र ५९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।
नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । नयाँ कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।
नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले-आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।


