अमेरिकी बजारमा जुलाई महिनाको प्यासेन्जर कारको सेल्सको डाटा अनुशार टेस्लाको मोडल ३ बिक्रीको आधारमा टप १० भित्र पर्न सफल भएको छ ।
मिडिया रिपोर्टहरुको अनुशार जुलाई महिनामो मोडल थ्री १४ हजार २ सय ५० कार विक्री भएसँगै सातौ स्थानमा पर्न सफल भएको हो ।
ब्लुम्बर्गका अनुशार हालसम्म टेस्लाले ५८ हजार ६ सय ४५ वटा मोडल थ्री कार उत्पादन गरेको छ । कम्पनीले अगस्ट महिनाको अन्त्यसम्म प्रति हप्ता उत्पादन ६ हजार पुग्ने दावी गरेको छ ।
गतमहिना टेस्लाको मोडल थ्रीको उत्पादन संख्या प्रति हप्ता ५ हजार नागेको थियो । कम्पनी आफ्नो सेडान मोडल थ्रीको कमजोर उत्पादनलाई लिएर धेरै प्रेसरमा रहेको थियो । टेस्लाले धेरैपटकको प्रयासमा पनि आफ्नो उत्पादन लक्ष्य भेटाउन सकेको थिएन, जसको कारण कम्पनीले रेभेन्यूमा निकै मार खाएको थियो ।
निकै घाटा ब्योहोरेपछि सीइओ इलन मस्कले नयाँ एसेम्बल लार्इन टेन्टमा राखेरसमेत उत्पादन बढाएका हुन् । मोडल थ्रीको उत्पादमा सुधारसँगै कम्पनी अबको दुई क्वाटरमा नाफामा जाने टेस्लाले जनाएको छ ।

