ठूलो साइजमा आउँदै हुन्डाई कोना इलेक्ट्रीक

काठमाडौं । सन् २०१८ देखि अन्तर्राष्ट्रि बजारमा उपलब्ध हुन्डाई कोनाको मिडलाइफ फेसलिफ्ट मोडल सन् २०२० मा आएको थियो । अब आगामी वर्ष २०२३ मा कम्पनीले कोनाको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउने गरी तयारी गरिरहेको छ ।

हुन्डाईले कोनाको नेक्स्ट जेनेरेशन मोडल कोरियामा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् । तिब्र परिक्षण भएको कारण नयाँ जेनेरेशन मोडल छिटै आउने अपेक्षा गर्न सकिन्छ ।

‘एसएक्सटु कोड नेम’ दिएर परिक्षण भइरहेको कोना पहिलेको भन्दा लामो र अग्लो हुनेछ । नयाँ कोनालाई कम्पनीले डिजाइन ल्याङ्वेज नै धेरै परिवर्तन गरेर ल्याउन लागेको हो । नयाँ कोनामा टल रुफलाइन, रुफरेल र स्क्वायर अफ रियर इन्डिङ देख्न सकिन्छ । प्रोटोटाइपमा नयाँ एङ्गुलर ओआरभीएम, मेसिन कट अलोय ह्विल पनि देखिएको छ ।

हुन्डाईले कोनामा पहिलोपटक प्रयोगमा ल्याएको कम्पोजीट हेडल्याम्पलाई सेकेन्ड जेनेरेशनमा पनि निरन्तरता दिने देखिन्छ । तर, यसमा लोअर ल्याम्प भने होरिजेन्टलको सट्टा टुसान र प्लासेडमा जस्तो भर्टिकल प्लेसमेन्टमा छ ।

नयाँ जेनेरेशन कोनाको इन्टेरियर भने अहिलेको भन्दा धेरै फरक हुनेछ । तर, यसको भित्री बनोटका तस्विरहरु बाहिर आएका छैनन् । नयाँ कोनाको इन्टेरियर आयोनिक ५ बाट धेरै हदसम्म प्रभावित हुनेछ । यसमा आधुनिक ड्यासबोर्ड रहनेछ ।

नयाँ कोनामा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमका लागि एकैरोमा ड्यूल डिस्प्ले प्यानल हाउजिङ रहनेछ । त्यस्तै नयाँ सेन्टर एसीभेन्ट, फिजिकल बटम सहितको नयाँ क्लाइमेट कन्ट्रोल प्यानल र चङ्की फोर स्पोक सहित आयोनीक ५ को जस्तै मल्टीफङ्सन स्टेरिङ ह्वील रहनेछ । नयाँ कोनामा अब रियर एसिभेन्टका साथै रियर प्यासेन्जरका लागि लेगरुम समेत बढ्नेछ ।

नयाँ कोनाको व्याट्री साइजमा समेत सामान्य परिवर्तन हुने सम्भावना रहेको छ ।


Back_to_top