इलेक्ट्रीक मोटरसाइकल इट्राइस्ट ३५० र टीएस स्ट्रीटमा कुन ठिक ? (मूल्यसहित)

काठमाडौं । नेपालमा इलेक्ट्रीक मोटरसाइकलको उपलब्धता बढ्दो छ । केही दिनअघि मात्रै प्योर इभीले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा सुरुवातदेखि नै सुपर शोकोले इलेक्ट्रीक मोटरसाइकल विक्री गर्दै आएको छ । प्योर इभी इट्राइस्ट ३५० ल्याएसँगै सुपर शोकोको स्ट्रीट हन्टरलाई कडा प्रतिस्पर्धी थपिएको छ ।

प्योर ईभीका लागि नेपालको आधिकारीक विक्रेता कम्पनी ह्वाइट लोटस प्रालि र सुपर शोको इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता डी लाइफ स्टाइलले विक्री गर्ने यी दुई मोटरसाइकलबीचको तुलनात्मक भिन्नतालाई हामीले यहाँ विश्लेषण गरेका छौं ।

मोटर र ब्याट्री

नयाँ आएको प्योर ईभी इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

सुपर शोको टीएस स्ट्रीट हन्टरमा ३ किलोवाटको मोटर रहेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । एउटा मात्रै ब्याट्रीले १०० किमि र दुई वटै ब्याट्रीको कम्बाइन २०० किमि रेन्ज रहने छ ।

इट्राइस्ट ३५० लाई फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ । यसको टप स्पीड सेग्मेन्टमा नै धेरै ८५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकलमा १८० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिने छ ।

सुपर शोको टीएस स्ट्रीटलाई फुल चार्ज गर्न ३.५ घन्टा लाग्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

मुख्य फिचर

प्योर इभी इट्राइस्ट ३५० तीन राइड मोडसहित आउँछ । यसमा ड्राइभ मोड, क्रस ओभर, थ्रील गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ । साथै, यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध रहेको छ ।

इट्राइस्ट ३५० मा फुल डिजिटल एलइडी डिस्प्ले, दुबै चक्कामा डिस्क ब्रेक, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

त्यस्तै सुपर शोको टीएस स्ट्रीट हन्टरमा स्मार्ट रिमोट कि तथा एन्टिथेफ्ट अर्लाम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ ।

यसमा पनि तीन राइड मोड रहेको छ । कम्वाइन ब्रेकिङ सिस्टम, एइडी लाइट्स, डबल डिस्क ब्रेक जस्ता फिचरले सुपर शोको टीएस स्ट्रीट लोडेड रहेको छ ।

मूल्य

प्योर इभी ‘इट्राइस्ट ३५०’ इलेक्ट्रीक मोटरसाइकलको ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ । त्यस्तै सुपर शाको टीएस स्ट्रीट हन्टरको सिंगल ब्याट्री अप्सनको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री अप्सनको मूल्य ४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top