काठमाडौं । आगामी नोभेम्बरबाट कतारमा आयोजना हुने विश्वकप फुटवल हेर्न जान चाहनेको लागि हुन्डाईले विशेष अफर ल्याएको छ । कम्पनीले ल्याएको अफरमा सहभागी हुने हुन्डाईको गाडी टेष्ट ड्राइभ गर्नु पर्ने हुन्छ ।
हुन्डाईको नेपालको लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि हुन्डाईका देशभर रहेका कुनैपनि शोरुममा गएर टेष्ट ड्राइभ गर्ने मानिसलाई यो अफरमा सहभागी गराउने जनाएको छ ।

विश्वकप फुटबल–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो । टेष्ट ड्राइभमा सहभागी मध्येबाट लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेता छानिने छन् । दुबै विजेताले आफूलाई मनपर्ने एक जना अर्को व्यक्ति लिएर कतार जान पाउने छन् । उनिहरुलाई प्रत्येक्ष खेल हेर्ने मौका प्राप्त हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर रहेका आफ्ना १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । विगतका विश्वकपमा पनि हुन्डाईले यसरी छनोट गरेर खेल हेर्न लाने गरेको थियो ।
हुन्डाईले नेपालमा विक्री गर्दै आएको पेट्रोलियम पदार्थबाट चल्ने वा इलेक्ट्रीबाट चल्ने दुबै गाडी टेष्ट ड्राइभ गर्नेले यो अवसर पाउने छन् । अहिले हुन्डाईले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, भेन्यू, भर्ना, क्रेटा, शान्ता फे, टुसान, प्यालिसेड, आयोनीक ५, कोना जस्ता मोडल नेपालमा विक्री वितरण गर्दै आएको छ । यी मध्ये तपाईले कुनै पनि गाडी टेष्ट ड्राइभ गर्न सक्नु हुनेछ ।

