विश्वमा एसयूभीको क्रेज दिनदिनै बढ्दै गइरहेको छ । कन्भेन्सनल बडी स्टाईल जस्तै ह्याचब्याक, सेडानहरुको बिक्री विस्तारै खस्कीरहेको छ । धेरै सवारीसाधन निर्माता कम्पनीहरुले एसयूभी बडी स्टाईलको उत्पादन बढाउँदै लगेका छन् ।
गाडी निर्माता कम्पनी फोर्डले उत्तर अमेरिकी बजारमा एसयूभी केन्द्रित रहने तथा पुरानो ह्याचब्याक र सेडान मोडललाई बिस्तारै छोड्दै जाने घोषणा गरेको छ ।
अमेरिकी कार निर्माता कम्पनी फोर्डले नयाँ एसयूभीको उत्पादन बढाई रहेको छ, जुन एसियाली बजारमा समेत देख्न सकिन्छ । फोर्ड अमेरिकी बजारलाई ध्यान दिएर नयाँ एसयूभी आगामी बर्ष बजारमा ल्याउने गरि काम गरिरहेको छ ।
फोर्डको प्रडक्ट डेभलपमेन्टका भाइस प्रेसिडेन्ट हाउ थाई टांगले कम्पनीको न्युयोर्कमा इन्भेष्टर कन्फेरेन्सको समयमा नयाँ ‘बेबी अफरोडर’ सार्वजनिक गर्ने घोषणा गरेका छन् । नयाँ मोडलको पार्टस र एस्केपमा ध्यान केन्द्रित गर्दै पुराना मोडललाई बजारबाट विस्थापीत गर्ने रणनीति उनले सुनाएका थिए ।
फोर्डले आउन लागेको नयाँ मोडलको नाम भने सार्वजनिक गरेको छैन तर, सन् १९६० को ब्रोन्को अफ रोडरको जस्तै डिजाइनमा नयाँ एसयूभी ल्याउने अनुमान गरिएको छ । कम्पनीले सन् २००४ को डिटोइएट अटो शोमा ब्रोन्को अफ रोडरको अवधारणा सार्वजनिक गरेको थियो । तर, कम्पनीले उत्पादन भने गरेको थिएन । अब छिट्टै कम्पनीले मध्यम आकार एसयूभी ब्रोन्कोलाई ‘ डिटोइएट अटो शो २०१९’ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।
ब्रोन्को रेन्जर पिकअप ट्रक प्लेटफर्मको आधारमा निर्माण हुनेछ । जसको बडी फ्रेम आर्किटेक्चरको छ भने, हाउ थाईले संकेत गरेको कम्पयाक्ट अफ रोडर मोनोक्रोक चेसिस यही प्ल्याटफर्मको हुने अनुमान गरिएको छ ।
फोर्डले कम्पनीलाई कठिन समयमा जान नदिन नयाँ एसयूभीमा ठुलो लगानी गर्न लागेको बुझन गाह्रो छैन ।

