चोरले विमाननै चोरेर उडाएपछि… (भिडियोसहित)

सामान्यतया कार, मोटरसाइकल चोरी भएको सुनिने गरिन्छ तर अमेरिकाको सिएटल ट्याकोमा विमान नै चोरी भएको छ । उक्त चोरी भएको विमान विमानस्थलबाट त उड्यो तर केही समय उडेपछि एक टापुमा गएर ठोक्कियो र चोरर जहाज उडाउने मानिसको ज्यान गयो । 

अलस्का एयरलाइन्सको विमान चोरी गर्ने ब्यक्ति एयरपोर्टका मेकानिक रिचर्ड रशेल थिए । उनले रोकेर राखिएको विमानमा पसेर उक्त विमानलाई उडाएका थिए । 

उनी ककपिटभित्र छिरेर विमानको इन्जिन स्टार्ट गरे । विमान उड्दै गरेको देखेपछि एयर ट्राफिक कन्ट्रोल (एटिसी)मा हल्लाखल्ला मच्चियो । जब रिचर्डले विमान लिएर उडेको थाहा भएपछि एटिसीले तुरुन्त उनीसँग सम्पर्क गरे ।

उनलाई तिम्रो ज्यान खतरामा छ विमानलाई ल्यान्ड गर भनियो तर उनले मानेन् । उल्टै उनले आफुले बिमान ल्यान्ड गरे पाइलट बनाउनु पर्ने माग राखे ।

 

उनको पछि अमेरिकी सेनाको दुई लडाकु जहाज लागिसकेका थिए । त्यसपछि रिचर्डले एटिसीसँग भने ‘यदि मैले रनवेमा विमान ल्याण्ड गराउने कोसिस गरें भने पनि ठूलो नोक्सान हुनेछ ।’ साथै, उनले आफुलाई पुरै जीवन जेलमा बस्ने मन नभएको भन्दै जोड–जोडले हाँस्न थाले । केही समयको कुराकानी पछि उनले विमानलाई सुनसान टापुतिर मोडे र  त्यहीँ विमान दुर्घटना भयो ।

मेकानिक रिचर्डलाई पाइलट बन्ने ठूलो रहर थियो । यही कारण उनले चोरेरै भएपनि विमान उडाए र संसारबाट विदा भए । वासिङटन पोष्टबाट


Back_to_top