यामाहा मोटर कम्पनीले यामाहा आर १५ भी ३.० मोटो जीपी एडिसन भारतीय बजारमा अर्को हप्ता सार्वजनिक गर्ने भएकाे छ । यामाहा आर १५ भी ३.० मोटो जीपी एडिसन रेसिङ सिग्नेचर ब्लु कलर साथै हेडल्याम्पमा मोभीस्टार लोगो प्रिन्ट भएर आएको छ ।
यामाहाले अटो एक्स्पो २०१८ मा आर १५ भी ३.० मोटो जीपी एडिसनको प्रदर्शनमा राखेको थियो ।यामाहा आर १५ भी ३.० मोटो जीपी एडिसनमा स्ट्यान्डर्ड मोडलको इन्जिन दिइएको छ । जसमा १५५ सीसी सिंगल सिलिन्डर, ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा प्रयोग भएको इन्जिनले १०००० आरपीयममा १९ वीएचपी र ८५०० आरपीयममा १५ एनएम टर्क उत्पादन गर्छ ।
६ स्पीड गियर रहेको यो बाइक प्रतिधन्टा १३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ । कम्पनीले मोटरसाईकल सेग्मेन्टमा पहिलो पटक भेराईवल भ्यालु अक्चुएसन (भीभीए) प्रविधीमा ल्याउने छ भने साथमा स्लिप र एसीस्ट क्लच पनि रहनेछ ।
यामाहा आर १५ भी ३.० मोटो जीपी एडिसन यामाहा आर १ को डिजाईनबाट प्रभावित छ । साथमा यसमा फूल एलईडी हेडल्याम्प रहेको छ । यस मोटरसाईकलमा अल डिजिटल ईन्स्टुमेन्ट क्लस्टरका साथै एलईडी टेल ल्याप पनि जडान गरिएको छ ।
याे मोटरसाईकलमा १७ इन्चको लेट वेट ह्वील्स दिईएको छ त्यस्तै १००/८० आर १७ फ्रन्टमा १४०/७० आर १७ रियर एमआरएफ अलाय ट्युवलेस टायर रहेको छ । फ्रन्टमा २८२ एमएमको डिस्क ब्रेक तथा रियर २२० एमएम साइजको डिस्क दिइयको यो बाइकमा एबिएस सुबिधा भने उपलब्ध छैन ।
यामाहा आर १५ भी ३.० मोटो जीपी एडिसन इन्डोनेसियाको बजारमा पहिलेनै विक्रि भईरहेको छ । यो बाइकको मूल्य १ लाख ३२ हजार भारु रहने अनुमान गरिएको छ ।

