नयाँ पावर र लुक्समा महिन्द्रा ‘एक्सयूभी ३००’ स्पोर्टस् मोडल

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लोकप्रिय सब फोर मिटर एसयूभी एक्स्यूभी ३०० को स्पोर्टस् भेरियन्ट बजारमा उतारेको छ । कम्पनीले ल्याएको नयाँ टर्बो स्पोर्टस् भेरियन्ट निकै पावरफुल इन्जिनको साथ बजारमा आएको हो ।

भारतमा निकै सफल मानिएको यो सब फोर मिटर एसयूभी नेपाली बजारमा भने खासै राम्रो व्यापार गर्न सकिरहेको छैन । यस्तोमा थप शक्तिसाली इन्जिनमा आएको कारण यसले नेपाली ग्राहकलाई पनि तान्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीले एक्सयूभी ३०० टर्बो स्पोर्टस् मोडल विभिन्न तीन भेरियन्टमा आएको छ । जसमा एक्सयूभी ३०० डब्लू६, डब्लू८ र डब्लू८ (अप्सनल) भेरियन्टको सुरुवाती मूल्य १० लाख ३५ हजारदेखि टप भेरियन्टको मूल्य १२ लाख ९० हजार भारतीय रुपैयाँसम्म कायम गरेर विक्री सुरु गरेको छ ।

महिन्द्रादे आफ्नो टर्बो स्पोर्टस् भेरियन्टमा ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसको स्पीड पनि सेग्मेन्टकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध एक्सयूभी ३०० को नयाँ मोडलको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ । यसमा थुप्रै क्रोमको प्रयोग गरिएको छ ।

यसमा एन्टि-पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, ड्यूल–जोन अटोमेटिक कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, अटो हेडल्याम्प, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।

सुरक्षाको लागि थुप्रै आधुनिक फिचर उपलब्ध यो एसयूभी ५ स्टार सुरक्षा रेटिङ पाउन सफल मोडल हो ।


Back_to_top