काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले अब विद्युतीय सवारी प्रयोग गर्ने भएका छन् । उनको लागि उर्जा मन्त्रालयले बिवाईडी कम्पनीले निर्माण गरेको ईसिक्स मोडलको नयाँ कार खरिद गरेको हो ।
यो कार गत विहिबार राष्ट्रपति कार्यालयले पनि राष्ट्रपतिको नजिकको ठाँउहरुमा भ्रमण गर्दा प्रयोग गर्ने गरि खरिद गरेको थियो । राष्ट्रिय योजना आयोगमा स्वर्णिम वाग्ले उपाध्यक्ष हुदाँ पहिलो पटक सरकारी कार्यालयको लागि बिवाईडीको सो कार खरिद गरिएको थियो ।
‘मन्त्री ज्यूले घोषणा गर्नुभएको स्वयत पत्रमा नै इलेक्ट्रीक गाडीलाई प्रहोत्साहन गर्ने कुरा उल्लेख भएकाले सुरुबातमा मन्त्री ज्यूकोलागि विद्युतीय कार खरिद गरिएको हो’ ऊर्जा मन्त्रीका प्रेस सल्लाहकार रोशन खड्काले मेरोअटोसँग भने ।
पछिल्लो समय इलेक्ट्रीक कार चढेर वातावरणमैत्रीको संदेश विश्वका बिभिन्न देशका राष्ट्र प्रमुखहरुले दिइरहेको समयमा हाम्रो राष्ट्रपति कार्यालय तथा उर्जा मन्त्रालयले पनि नयाँ इलेक्ट्रीक कार किनेको हो ।
कारको अन्य स्पेसिफिकेसनको लागि यहाँ क्लिक गर्नुहोस्
बिवाईडीको ईसीक्स मोडलका गाडिहरु एकपटको फुल चार्जमा ४०० किलोमीटरसम्म गुड्न सक्छन् । यसलाई फुल चार्ज गर्न २ घण्टाको समय लाग्छ । यो कार ६० लाख रुपैयाँमा खरिद गरिएको हो ।

