१ रुपैयाँ तिरेर तीन वर्षसम्म निःशुल्क सर्भिस

काठमाडौं । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँमा ३ वर्षसम्म सर्भिसिङ गर्न पाइने स्कीम सार्वजनिक गरेको छ । कम्पनीले होन्डा ग्राजिया स्कुटरको लागि यो स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो स्कीममा माघ ९ गतेदेखि होन्डा ग्राजिया स्कुटर खरिद गर्ने ग्राहकले लाभ लिन सक्नेछन् । यो स्कीम ग्राजियाको बीएस ४ तथा बीएस ६ दुबै भर्सनमा लागु हुने जनाएको छ ।

कम्पनीले ल्याएको स्कीममा ग्राजियाको कुनै पनि भेरियन्टको खरिदमा ग्राहकले तीन वर्षको वारेन्टी प्राप्त गर्नेछन् । जसमा स्कुटर इन्जिन तथा ब्याट्रीमा समेत तीन वर्षको वारेन्टी हुनेछ । इन्जिनमा भने तीन वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी लागु हुनेछ ।

त्यस्तै १ रुपैयाँमा सर्भिसिङ अन्तर्गत ग्राहकले १ रुपैयाँ तिरेर ३ वर्षसम्म सर्भिस गर्न पाउने छन् । यसका कुनैपनि प्रकारको लेवर चार्ज तथा हरेक सर्भिसिङ टाइममा निःशुल्क इन्जिन आयल (मोविल)को सुविधा प्राप्त गर्नेछन् ।

यसअघि होन्डा ग्राजियामा २ वर्षको वारेन्टी रहँदै आएको थियो भने सर्भिस पिरियड समेत दुई वर्षको रहँदै आएको थियो ।

यस्तो छ ग्राजिया बीएस ६

बीएस ६ मापदण्डको होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्छ ।

ग्राजिया बीएस ६ भर्सनमा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ । त्यस्तै यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । उक्त क्लष्टरमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर छन् ।

स्कुटरमा ५.३ लिटरको फ्युल ट्याङक दिइएको छ भने यसले ५४ किलोमिटर प्रितिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टेवल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।


Back_to_top