उदयपुर शाही परिवारकाे राेजाइमा फोर्सको अर्बानिया

काठमाडौं । भारतको उदयपुर स्थित मेवाडको शाही परिवारले दुई युनिट फोर्सको अर्बानिया भ्यानको डेलिभरी लिएको छ। शाही परिवारका प्रख्यात लक्षराज सिंह मेवाडले यी गाडी राजघरानामा भित्र्याएका हुन् ।

आफू कहाँ आउने अतिथि र साथीहरूलाई ल्याउने लैजाने र देशका विभिन्न क्षेत्रमा जान यो भ्यान उयुक्त हुने बताउँदै दुई युनिट गाडी आफूले लिएको मेवाडले बताए ।

फोर्सको अर्बानिया एक प्रिमियम भ्यान रहेको छ। यसलाई युरोपेली भ्यान डिजाइन ल्याङ्ग्वेजमा तयार गरिएको छ। फिचर्स र कम्फर्टका आधारमा पनि यो भ्यान निकै सजिलो र उपयुक्त हुने कम्पनीले जनाएको छ । यसमा एलइडी डीआरएल लाइट, एलइडी टेल लाइट, प्रोजेक्टर हेडलाइट, सिल गरिएको गिलास प्यानल, ट्रिपल एसी सिस्टम,  पर्सनल एसी भेन्ट समावेश छन् ।

यसमा रहेको पर्सनल युएसबी पोर्ट,पर्सनल रिक्लाइनिङ सिट जस्ता फिचर्सले यो भ्यान अझ प्रिमियम अनुभव लिन सकिन्छ । फोर्स अर्बानियामा ड्राइभरको लागि टिल्ट र टेलिस्कोपिक स्टेरिङ, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी  सहितको टचस्क्रिन सिस्टम, डुअल फ्रन्ट एयरब्याग, सेमीडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रिभर्स पार्किङ क्यामेरा लगायत फिचर्स पाउन सकिन्छ ।


Back_to_top