काठमाडौं । कामना सेवा विकास बैंकले टाटाकाे विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएकाे छ । नेपालका लागि टाटा माेटर्सकाे आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग र कामना सेवाका विच कर्जा लगानी सम्बन्धी सम्झौतामा गत आईतबार हस्ताक्षर भएकाे छ।
यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटाका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाएको छ।


