टीभीएस बाइक किन्दा एक लाखसम्म नगद उपहार

काठमाडौं । टीभीएस मोटर्सको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नाडा अटो शो र नजिकीदै गएको चार्डपर्वलाई केन्द्रमा राखेर नयाँ उपहार स्किम संचालनमा ल्याएको छ । 

उक्त स्किम अनुसार हरेक दिन लक्की ड्र गरेर विजेता छनोट गरिने छ । कम्पनीले ल्याएको अफर योजना ‘१० करोडको रोड’ क्याम्पेनमा सबै बाइक तथा स्कुटर खरिदकर्ताले ७ हजार रुपैयाँको निश्चित उपहार जित्न सक्ने छन् । 

त्यसैगरी हरेक दिन बेलुका ६ बजे लक्की ड्र गरेर १० जना भाग्यशाली ग्राहकले १० हजार रुपैयाँका दरले नगद जित्न सक्ने छन् भने, एक जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद जित्ने छन् । 

यसरी हरेक बाइक खरिदमा दिइएको नगद छुट, लक्की ड्रबाट छनोट गरिएको विजेतालाई दिने रकम क्याम्पेन अवधीभर १० करोड पुग्ने कम्पनीले अनुमान गरेको छ । 

यस योजनामा सहभागी हुने टीभीएस ग्राहकले आफ्नो नाम स्पेश आफुले खरिद गरेको बाइकको चेचिस नम्बर लेखेर ३३००१ मा पठाउनु पर्ने कम्पनीले जनाएको छ ।      


Back_to_top