एभरेष्ट बैंकको नयाँ अफर, ९.९९% ब्याजदरमा अटो लोन

काठमाडौं । एभरेष्ट बैंकले गाडी कर्जा योजना सार्वजनिक गरेको छ । नाडा अटो शो नजिकिएसँगै बैंक तथा वितिय संस्थाहरुले नयाँ नयाँ योजना सार्वजनिक गर्न सुरु गरेका छन् । 

बैंकले चार्डपर्व र अटो शोलाई केन्द्रित गर्दै ९.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । ७ वर्षको लागि पाइने शो कर्जाको ब्याजदर बैंकले १० प्रतिशतभन्दा कम तोकेको छ । 

पछिल्लो समयमा बजारमा लगानी योग्य रकम बढ्दै गएसँगै बैंकहरुले कर्जाको प्रडक्टहरु ल्याउन सुरु गरेका छन् । बैंकले ल्याएको यो योजना २ महिना संचालन हुने बैंकले जनाएको छ । 


Back_to_top